यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले असार ३० गते, आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा डाकेको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सो बोनस शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।