सातामा नेप्से स्थिर, कुन उपसमूहको परिसूचक कति बढ्यो, कति घट्यो?

Jul 03, 2021 02:03 PM Merolagani

यस साता नेप्से परिसूचक स्थिर रहेको छ। गत साताको अन्तिम कारोबार दिन २८४३ विन्दुमा बन्द भएको नेप्से, यस साताको अन्तिम कारोबार दिन पनि सोही विन्दुमा बन्द भएको छ।

यस साता नेप्से परिसूचक ३ कारोबार दिन उकालो लागेको थियो भने दुई कारोबार दिन कारोबार दिन ओरालो लागेको थियो। ५ दिनको उतारचढावपछि नेप्से गत साताको अन्तिम कारोबार दिनकै विन्दुमा पुगेर बन्द भएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ०.५८ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ५२५.६४ विन्दुमा बन्द भएको सेन्सेटिभ इण्डेक्स ३.०७ अंक बढेर ५२८.७१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स ०.३५ अंक बढेर १९६.७९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.२४ बढेर १७३.१२ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक यस साता कारोबार रकममा भने कमी आएको छ। गत साता ४९ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस साता ३ लाख ७७ हजार पटकको कारोबारमा ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको १० करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साता बजार पूँजीकरण पनि स्थिर रहेको छ। गत साताको ३९ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता पनि ३९ खर्ब ४९ अर्ब नै रहेको छ।

यस साता १३ उपसमूहका परिसूचकमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक बढेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशत बढेको छ। गत साता ५०७४.८६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ९७.३३ अंक बढेर ५१७२.१९ विन्दुमा बन्द भएको छ।

यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत घटेको छ। गत साता १४४५७.६८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ३२१.२० अंक घटेर १४१३६.४८ विन्दुमा पुगेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा, मोस्ट पपुलर बाइ स्टकको सूचीमा युनाइटेड इदि मार्दी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल दूरसञ्चार लगायतका कम्पनी परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेल स्टकको सूचीमा फस्ट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, स्वाबलम्बन लघुवित्त लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।