समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर पुनः लिलाम बिक्रीमा

Jul 06, 2021 09:15 AM Merolagani

समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) ले असार २९ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद शेयर पुनः लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

यस अघि कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक समूहको अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियाबाट खरिद गर्न आह्वान गरेको थियो। सो अवधिभित्र आवेदन नपरेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर कम्पनीले पुनः लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरीदका लागि साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बैंक अफ काठमाण्डूका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी शाखा कार्यालय र समृद्धि फाइनान्सका केन्द्रिय कार्यालय हेटौँडा तथा शाखा कार्यालय बुटवल, पोखरा र नारायणगढमा बोलपत्र प्राप्त गर्न र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।