सहारा विकास बैंकको लाभांश प्रस्ताव, बोनस कति ?

Jul 07, 2021 11:00 AM Merolagani

सहारा विकास बैंक (SHBL) ले लाभांश प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को संचित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।

बैंकले गत तीन वर्षको संचित मुनाफाबाट शेयरधनीलाई हाल कामय चुक्ता पूँजी २७ करोड २२ लाख रुपैयाँको ५.०५ प्रतिशत अर्थात १ करोड ३७ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२७ प्रतिशतले हुन आउने ७ लाख २३ हजार नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी ८ औं, ९ औं र १० औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।