सर्वोच्चले फेरी प्रतिनिधिसभा पुनःस्थापना गर्यो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्याे

Jul 12, 2021 01:34 PM Merolagani

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेको छ। सोमबार अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेको हो।

राष्ट्रपति भण्डारीले पहिलोपटक गरेको संसद विघटन समेत सर्बोच्चले बदर गरिदिएको थियो। भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटनलाई सर्वोच्च अदालतले असंबैधानिक ठहर गरिदिएको छ।

संसद बिघटन भएसँगै विपक्षी गठबन्धनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्बोच्चमा मुद्धा दर्ता गराएका थिए। सर्वोच्चले सोही अनुसार आदेश जारी गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।