निर्धन उत्थान लघुवित्तको बोनस शेयर डिम्याट खातामा

Jul 14, 2021 08:40 AM Merolagani

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा १३ प्रतिशत बोनस शेयर जम्मा गरेको छ।

लघुवित्तले २०७७ फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो दरमा बोनस शेयर जम्मा गरेको हो। सो अवधिसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शीघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ।

२०७७ फागुन २५ गते सम्पन्न लघुवित्तको २२ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।