युनियन लाइफ इन्स्योरेन्सको आइपीओ आजै बाँडफाँट हुने,७३ प्रतिशतले शेयर नपाउने

Jul 15, 2021 02:45 PM Merolagani

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) आज बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आईपीओ आजै  बेलुकी बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको आईपीओ प्रिअलटमेन्ट सकेर नेपाल धितोपत्र बोर्ड पठाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटल स्रोतको अनुसार बोर्डबाट स्वीकृति पछि आजै ४ः३०/५ बजे भित्र बाँडफाँट गर्ने तयारी गरेको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन् भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ ।

मागभन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले कम्पनीको बाँडफाँट गर्दा ५ लाख ८० हजार ५०० जना आवेदकले शेयर पाउनेछन् ।

बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर नपाउने देखिएकाे छ । 

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।