प्रि ओपन सेसन अपडेटः करिब ११ अंक बढ्यो नेप्से

Jul 20, 2021 10:52 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ११ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १३.९७ अंक बढेर २९९४.५८ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १०.८५ अंक बढेर ३००५.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४१ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।