गत वर्ष कुन ब्रोकर कम्पनी भयो शेयर कारोबारमा नम्बर वान? नम्बर वान कम्पनीले गर्‍यो झन्डै एक खर्बको कारोबार

Jul 24, 2021 07:45 AM Merolagani

सुवास निरौला

गत वर्ष शेयर कारोबारमा सबै ब्रोकर कम्पनीलाई पछि पार्दै नासा सेक्युरिटिज नम्बर वान ब्रोकर कम्पनी भएको छ। उसले सबैभन्दा बढी रकमको शेयर किनबेच गराउँदै नम्बर वान कम्पनीको रुपमा स्थापित हुन सफल भएको हो।

शेयर कारोबारको इतिहासमै सबैभन्दा बढी कारोबार भएको वर्षमा नासाले एक्लैले कुल कारोबारमा  झन्डै एक खर्ब रुपैयाँको शेयर किनबेच गरेको छ। नासाले गत वर्ष ९३ अर्ब पाँच करोड रुपैयाँको कारोबार गर्दै सबै कम्पनीलाई पछि पारेको हो। नासाले दोस्रो स्थानमा रहेको कम्पनीको तुलनामा ३९.८७ प्रतिशतले पछि पारेको छ। कारोबार रकमको आधारमा पुछारमा रहेको कम्पनीभन्दा उसले पाँच हजार नौ सय १९ प्रतिशतभन्दा बढीको कारोबार गर्दै पहिलो स्थान ओगटेको हो।

कारोबार रकमकै आधारमा गत वर्ष इम्पेरियल सेक्युरिटिज दोस्रो स्थानमा छ। उसले ६६ अर्ब ५२ करोड रुपैयाँको शेयर कारोबार गर्‍यो। क्रमशः दोस्रोदेखि पुछारसम्मका कम्पनीको अन्तरदर पनि त्यति ठूलो छैन। ६३ अर्ब रुपैयाँको कारोबार गर्दै अनलाइन सेक्युरिटिज यस वर्ष तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ। सबैभन्दा धेरै कारोबारमा गर्ने कम्पनीहरू गत वर्ष पछि परेका छन्। जसमा अनलाइन सेक्युरिटिज पनि एक हो।

सबैभन्दा बढी कारोबार गर्ने १० कम्पनीको सूचीमा भिजन सेक्युरिटिज यस वर्ष चौथो स्थानमा छ। उसले गत वर्ष ५५ अर्ब रुपैयाँको कारोबार गर्‍यो। डायनामिक मनि म्यानेजर्सले ५५ अर्बको कारोबार गर्दै पाँचौँ स्थान ओगटेको छ भने शनि सेक्युरिटिज छैठौ स्थानमा छ। उसले ४५ अर्बको कारोबार गर्‍यो। दीपशिखा धितोपत्र कारोबार कम्पनी कारोबारको सातौँ स्थानमा छ। उसले ४२ अर्बको कारोबार गर्‍यो। आर्यतारा आठौँमा छ भने क्लिष्ट कन्चनजंङ्गाले नवौ स्थान हासिल गर्दा दक्षिणकाली इन्भेस्टमेन्ट १० नम्बर स्थानओगट्न सफल भएको छ।

गतवर्ष सबैभन्दा कम कारोबार गर्ने कम्पनीमा नागरिक स्टक डिलर रह्यो भने ब्रोकर कम्पनीको तर्फबाट सगरमाथा सेक्युरिटिज परेको छ। स्टर डिलरलाइ तथ्याङ्कमा ५१ नम्बरमा राखिएकाे छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।