झण्डै तीन महिना पछि खुल्यो लामो दुरीका सार्वजनिक यातायात, काठमाडौं जिल्ला प्रशासनले दियो सञ्चालन अनुमति

Jul 23, 2021 03:40 PM merolagani

झन्डै तीन महिनापछि सरकारले लामो दुरीका सार्वजनिक यातायात सञ्चालन अनुमति दिएको छ ।शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृहको निर्देशन अनुसार लामो दुरीको सवारी साधन सञ्चालन गर्न अनुमति दिएको हो ।

बिहीबार गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई लामो दुरीको सवारी सञ्चालन सहजीकरण गर्न भने पछि जिल्ला प्रशासनले शुक्रबार सुचना जारी गरेको हो ।

‘जारी गरेको सूचनामा भनिएको छ परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ ।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो। सूचना अनुसार यात्रुलाई अनिवार्य टिकट काटेर मात्रै यात्रा गराउन अनुरोध गरेको छ । 

काठमाडौं जिल्लाका सिडिओ कालिप्रसाद पराजुलिले भोलिदेखि नै खुल्ने गरी लामो दुरीका सवारीलाई अनुमाति दिएको जानकारी दिए । उनका अनुसार यातायात व्यवसायीले साउन ९ गते देखिनै गाडी सञ्चालन गर्न पाउने छन ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।