यस्तो छ केहि दिनमै सार्वजनिक हुने स्कोडा एसयूभी कुशाक, कति पर्छ मूल्य?

Jul 24, 2021 02:07 PM Merolagani

नेपालमा लामो समयदेखि प्रतिक्षामा रहेर्कोे एसयूभी गाडी केहि दिनमा सार्वजनिक हुँदैछ। स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगे पनि औपचारीक रुपमा सार्वजनिक भने भइसकेको छैन।

यो गाडी गत बैशाखमै नेपाली बजारमा भित्र्याउने तयारी भएपनि कोरोना भाइरसका कारण भएको निषेधाज्ञाले पछि धकेलेको थियो।

नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बजारमा भित्रिएको कुशाक आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने जनाएको छ।

हाल कम्पनीले स्कोडा कुशाकको बुकिङ खुलाइसकेको छ। तर, केहि दिनमै सार्वजनिक हुने भनेतापनि मिति भने तोकिएको छैन। एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने यो गाडीले एसयुभी सेग्मेन्टमा चर्को प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

किन अरु भन्दा चर्चामा छ?

नेपालमा यो गाडी बाहेक अनगिन्ती मोडलमा एसयुभि सेग्मेन्टका गाडी उपलब्ध छन्। तर, कुशाकको लोकप्रियता भारतिय बजारमा सार्वजनिक हुँदा नहुँदै शुरु भइसकेको थियो।

रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयूभीप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ। कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प दिइएको छ।

जसले एसयूभि मनपराउनेका लागी फरक अनुभव दिन्छ। रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल हुनेछ। साथै पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्‍याप–अराउन्ड एलडी टेललाइट रहेको छ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन रहेको कारणपनि यो गाडीको लोकप्रियता बढी नै छ।

कुशाका १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहेको कम्पनीले जनाएको छ।

 

सुरक्षमा विशेष केन्द्रित

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि हुनेछ। साथै, इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो।

साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड पनि उपलब्ध रहेको छ। स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो।

टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा स्कोडा कुशाक नेपाली बजारमा आएको छ।

कति पर्छ मूल्य?

स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा उपलब्ध हुनेछ। स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी, एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।