मञ्जुश्री फाइनान्सको संस्थापक शेयर लिलाम बिक्रीमा

Jul 25, 2021 10:38 AM Merolagani

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

फाइनान्सले संस्थापक समूहको १२ हजार ५८७ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

सो शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन। सो शेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिनेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।