उच्च भोल्यूमसहित नेप्सेले बनायो नयाँ अलटाइम हाइ रेकर्ड

Jul 25, 2021 03:15 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। नेप्सेले नयाँ उचाइ कायम गर्दा भोल्यूमले पनि साथ दिएको छ।

आइतबार नेप्से परिसूचक ५४.३१ अंक बढेर ३०५८.६३ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले जेठ ३१ गते नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। सो दिन नेप्से ३०२५.८३ विन्दुमा पुगेको थियो। यस दिन नेप्सेले सो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।

यस दिन नेप्सेले नयाँ अलटाइम हाइ क्लोज बनाएपनि इन्ट्रा डेको अलटाइम हाइ रेकर्डलाई भने अझै तोड्न सकेको छैन। यस दिन नेप्से ३०५८ विन्दुमासम्म पुगेको छ। यस अघि इन्ट्रा डेमा नेप्से ३०६४ विन्दुसम्म पुगेको थियो।

नेप्सेको यस दिनको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। यस दिन २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन्। यस दिन हिमालयन उर्जा, सर्पोट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, कालिका पावर, पञ्चकन्या माइ हाइड्रोपावर, यूनिभर्सल पावर, जोशी हाइड्रो, विशाल बजार कम्पनी र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत बढेको हो। यस दिन शेयरमूल्य घटेका कम्पनीहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक २.३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१४ प्रतिशत र लघुवित्तको १.५८ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्डको सूचक सर्वाधिक १.२९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ४९ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आईएमई बैंकको ४९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।