करेक्सन भएको बजारमा ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jul 26, 2021 03:17 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ। पछिल्लो २ कारोबार दिनमा ७६.०६ अंक बढेको नेप्सेमा यस दिन ८ अंकको करेक्सन भएको हो।

सोमबार नेप्से परिसूचक ८.२४ अंक घटेर ३०५०.४२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९३ अंक, फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकममा सामान्य घटेको छ। यस दिन बजारमा २२३ कम्पनीको १ लाख ३७ हजार २४२ पटकको कारोबारमा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार बजारमा १४ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको थियो।

घटेको बजारमा यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन घलेम्दी हाइड्रो, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, विशाल बजार, ङादी ग्रुप पावर र हिमालयन उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता एनआईसी एशियाको ऋणपत्रको मूल्य भने यस दिन सर्वाधिक ७.२२ प्रतिशत घटेको छ। त्यसैगरी, पोखरा फाइनान्सको मूल्य ४.६९ प्रतिशत घटेको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको घटेको छ। बढेका उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। त्यसैगरी, वित्तको २.५७ प्रतिशत, लघुवित्तको १.७७ प्रतिशत, व्यापारको १.३८ प्रतिशत र उत्पादन तथा प्रशोधनको १.३३ प्रतिशत बढेको छ।

यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ। त्यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूचक १.४३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कृषि विकास बैंक र नेपाल बैंकको कारोबार रकम ३२ करोड नाघेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।