खुद ब्याज आम्दानी घटेपनि सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा करिब १०४ प्रतिशतले बढ्यो

Aug 05, 2021 05:54 AM Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा करिब १०५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।अघिल्लाे आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा १०४.८३ प्रतिशतले धेरै हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानी घटेपनि बैंकको इपेरिमेन्ट चार्ज रिभर्स हुँदा उसको सञ्चालन नाफा बढेको छ। जसले गर्दा खुद नाफा बढ्न सहयोग पुगेको हो। बैंकको सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेकाे छ भने फि तथा कमिसन मार्फत हुने आम्दानी पनि ३४.५२ प्रतिशतले बढेको छ।

नाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बेंकको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिटेर्न अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ।

बैंकको निक्षेप संकलन ३२.६१ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२.४६ प्रतिशतले बढेर ३ अर्ब ९९ कराेड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा पनि ३.९२ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट बढेर बढेर ७ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ पनि १२० रुपैयाँ ६७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ४९.१७ गुणा रहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।