लक्ष्मी इक्विटी फण्डको मूल्य समायोजन

Jul 30, 2021 10:16 AM Merolagani

साउन १५ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लक्ष्मी इक्विटी फण्ड (LEMF) को इकाईमूल्य समायोजन गरेको छ।

कोषले नगद लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कोषको ३५ प्रतिशत लाभांश समायोजन गरेको हो।

समायोजनपश्चात कोषको नयाँ इकाई मूल्य १३ रुपैयाँ ९० पैसा कायम भएको छ। नेप्सेले साउन १४ गते, बिहीबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। बिहीबार कोषको इकाई प्रतिकित्ता १७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

आइतबार समायोजित मूल्यकै आधारमा कोषको इकाई कारोबार खुल्नेछ।

साउन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्नेछन्।

कोषको प्रबर्द्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।