एनआईविएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। सो प्रयोजनको लागि साउन १४ गते नै बुक क्लोज गरिसकेको छ।
त्यस अनुसार साउन १३ गतेसम्म कायम इकाईधनीले मात्रै लाभांश पाउनेछन्।
एनआईविएल सहभागिता फण्डखुलामुखि भएकोले इकाईधनीहरुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरण पश्चात समायोजित मूल्यमा लाभांश पुन लगानी योजना मार्फत थप इकाई खरिद गर्न सकिने सुविधा समेत रहेको छ । त्यस अनुसार योग्य इकाईधनीहरुले साउन २२ गतेसम्म आफ्नो नाम दर्ता गर्न पनि आग्रह गरेको छ ।
एनआईबिएल प्रगति फण्डले पनि गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशतका दरले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ (कर सहित) नगद लाभांश घोषण गरेको छ।
यस्तै, एनआईबिएल समृद्धि फण्ड १ ले पनि इकाईधनीहरुलाई ३५ प्रतिशतका दरले हुन आउने ३५ करोड रुपैयाँ नगद लाभांश घोषण गरेको छ।
एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ ले भने बुकक्लोज सम्बन्धी निर्णयको सूचना पछि प्रकाशित गर्ने जनाएको छ।