उच्च लाभांश दिने सम्भावना भएका कम्पनीको शेयर ‘छानिछानी’ खरिद गर्दै लगानीकर्ता, भन्छन् ‘बाली भित्र्याउने बेला भयो’

Aug 01, 2021 06:15 PM Merolagani

असोजदेखि नै नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न थाल्छन् । त्यतिबेलादेखि लाभांश वितरण थाल्ने भएकाले उच्च लाभांश वितरण गर्न सक्ने सम्भावना भएका कम्पनीहरुको शेयर लगानीकर्ताले अहिलेदेखि नै छानिछानी खरिद गर्न थालेका छन् ।

 विगत वर्षहरुमा जस्तै यस वर्ष पनि केही कम्पनीहरुले दसैं अगाडि नै वार्षिक साधारणसभा गरेर लाभांश वितरण थाल्ने छन् । लाभांश वितरण गर्ने समय नजिकिदै गएपछि लगानीकर्ताहरुले उच्च लाभांश वितरण गर्न सक्ने कम्पनीको खोजी गर्न थालेका छन् ।

यसपालीको दसैंको टिकाको सुभ साइत असोज २९ गते छ । दसैं खर्चका लागि केही कम्पनीहरुले त्यो भन्दा नै अगाडि नै लाभांश वितरण गर्न थाल्ने छन् । उक्त लाभांश प्राप्त गर्न अहिलेदेखि नै लगानीकर्ताले शेयर खरिद गर्न थालेका छन् ।

बाली पाक्ने सिजन सुरु भएकाले शेयर बजारमा त्यसको रौनक देखिएको नेपाल इभेष्टर्स फोरमका महासचिव राजन लम्सालले बताए । ‘बाली भित्र्याउने बेला हुन लाग्यो त्यही भएर शेयर बजारमा पनि त्यसको सकारात्मक असर परेको हो,’ उनले भने, ‘वर्षदिन लगानी गरिएको प्रतिफल भित्र्याउने बेला हुन थाल्यो ।’

खेतपाती पाकेपछि किसानलाई भित्र्याउन चटारो परेजस्तै शेयर बजारका लगानीकर्तालाई पनि बालीनाली भत्र्याउने हतारो पर्न थालेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत केही कम्पनीहरुले दसैंअघि नै गत आर्थिक वर्षमा गरेको आम्दानीबाट लगानीकर्तालाई लाभांश वितरण थाल्ने भएकाले पनि ती कम्पनीको शेयर खरिद पर्न थालेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षमा भएको आम्दानीको अन्तिम अहिसाव किताव गर्दैछन् । केही कम्पनीले गत आर्थिक वर्षमा भएको आम्दानी र खर्चको विवरण तयार पारेर धमाधम सार्वजनिक गरिरहेका छन् । केही कम्पनीले सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।

२७ वाणिज्य बैंक मध्ये सिटिजन्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको प्रतिवेदन शुक्रबार मात्र सार्वजनिक गरेको छ । अन्य बैंक, लघुवित्त, फाइनान्स कम्पनीले पनि धमाधम वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।

अहिलेसम्म सार्वजनिक गरेका कम्पनीहरुको विवरणमा उनीहरुको नाफा गत आर्थिक वर्षमा भन्दा उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ । यसले पनि यो वर्ष लगानीकर्ताले गत आर्थिक वर्षमा भन्दा बढी लाभांश पाउने सम्भावना देखिन्छ ।

लगानीकर्ताहरु पनि कसले कति लाभांश वितरण गर्न सक्छ त्यसको हिसाबको लेखाजोखा गर्न तल्लिन छन् । पछिल्लो समय कारोबार रकम र नेप्सेमा पनि सुधार आएको छ । नेप्से ३०८१ अंक पुगेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढनुलाई शेयर बजारमा सुभ संकेतका रुपमा लिने गरिन्छ । नेप्से मात्रै बढने र कारोबार रकम नबढने हो भने शेयर बजारमा लगानी गर्दा जोखिम हुने बिश्लेषकहरु बताउँछन् । तर, नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएकाले शेयर बजारमा लगानी गर्न डराउनु नपर्ने उनीहरुको भनाइ छ । काराेबार रकम पनि १२ अर्ब भन्दा माथि भएकाे छ ।

लाभांश दिने समय नजिकिदै गएकाले छानिछानी सूचीकृत कम्पनीको शेयर खरिद गर्ने बढेका छन् । यसले गर्दा कारोबार रकम पनि बढ्दै गएको हो ।

साना लगानीकर्ताले यति धेरै रकम कहाँबाट आएको होला भन्ने जिज्ञाशा गर्न थालेका छन् । शेयर बजार बढन थालेपछि अन्यत्र भएको लगानी यततिर सार्न थालेपछि कारोबार रकममा बृद्धि हुन पुगेको शेयर बिश्लेषकहरुको भनाइ छ ।

लगानीकर्ता जता आम्दानी हुन्छ त्यतैतिर लगानी गर्न पुग्दा शेयर कारोबार रकम बढन पुगेको ती शेयर बिश्लेषकले बताए । अहिले घरजग्गा, बैंकमा राखेको पैसा, सुनलगायतमा गरिएको लगानीलाई झिकेर शेयर बजारमा लगानी गर्न थालेकाले धेरै रकमको शेयर कारोबार हुन पुगेको बताइन्छ ।

अन्य क्षेत्रमा भन्दा बढी मुनाफा हुने देखेपछि लगानीकर्ता शेयर बजारतर्फ लगानी बढाउन पुग्दा नेप्सेसँगै शेयर रकमको कारोबार पनि बढी हुन पुगेको शेयर बिश्लेषकको भनाइ छ ।

बैंकको मुद्दती तथा बचत खातामा राखेको रकम झिकेर शेयरमा लगानी गर्न पुगेका छन् । बैंकले दिने ब्याज भन्दा शेयरमा गरिएको लगानीबाट प्राप्त प्रतिफल उच्च हुने भएपछि शेयर बजारमा लगानीको बढेको जानकारहरु बताउछन् ।

बैंकमा रहेको बचत रकम झिकेर शेयर किनिरहेका छन् । बैंकले मुद्दती खातामा ७ प्रतिशतको हाराहारीमा ब्याज दिन थालेका छन् । त्यस्तै बचतमा बढीमा ६ प्रतिशत दिँदै आएका छन् । तर, त्यो भन्दा बढी शेयरबाट नाफा हुने भएपछि बैंकमा भएको पैसा शेयरमा लगानी गर्न थाल्दा नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको शेयर बिश्लेषकको भनाइ छ ।

यसैगरी, सानातिना टुक्रा जग्गा पनि बिक्री गरेर शेयरमा लगानी बढाउँदै गरेकाले पनि कारोबार रकम बढन पुगेको लगानीकर्ता बताउँछन् । जग्गाको मूल्य खासै नबढेको तर, शेयरको भाउ बढ्ने सम्भावना रहेकाले पनि जग्गाको बिक्री गरेर शेयरमा लगानी गर्न पुग्दा कारोबार रकम बढेको कतिपयको भनाइ छ ।

यसैगरी, सुनको मूल्यमा पनि गिरावट आएको छ । प्रतितोला १ लाख ३ हजार ५ सयसम्म पुगेको सुनको मूल्य ९२ हजार नजिक आएको छ । यो भन्दा धेरै बढने ठाउँ नभएकाले पनि सुन बिक्री गरेर शेयर बजारमा लगानी गर्न पुग्दा कारोबार रकम पनि बढेको लगाानीकर्ताको भनाइ छ ।

यद्यपी शेयरमा गरिएको लगानीलाई जोखिमका रुपमा हेर्ने गरिन्छ । जोखिम जहा हुन्छ त्यहा नाफा पनि हुन्छ । जोखिम मोलेर भएपनि लगानीकर्ताहरु शेयरमा लगानी गर्न पुगेका छन् ।

बैंकले दिने ब्याज, जगा जमिन र सुन भन्दा शेयरमा लगानी गर्दा बढी नाफा हुने देखेपछि शेयर बजारमा अकार्षित भएका हुन् । करिव १५ महिनाअघि १२ सय नजिक आएको नेप्से अहिले बढेर ३,१०० अंकको नजिक पुगेको छ । छोटो समयमा नै नेप्से यति धेरै बढेको हो ।

सेयर बजार निरन्तर बढनुको कारण लगानीकर्ताले चल अचल सम्पती बिक्री गरेर लगानी गर्नुलाई लिइन्छ । साताकाे पहिलाे  दिन आइतबार पनि नेप्सेमा सुधार देखिएकाे छ ।

‘सामान्य जोखिम लिएर बढी प्रतिफल पाइने भएकाले पनि लगानीकर्ताहरु बैंकमा पैसा राख्न छाडेर शेयर खरिद गर्न पुगेका हुन,’ एक ब्रोकरले भने, ‘शेयर बजार निरन्तर उकालो लाग्नुको मुख्य कारण पनि यही नै हो ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।