असारमा म्युचुअल फण्डहरुको न्याभ घट्यो, लाभांश दिन शेयर बेच्दा बैंक ब्यालेन्स भने बढ्यो

Jul 31, 2021 10:15 AM Merolagani

रबिन पाैडेल

गत असार महिनामा म्युचुअल फण्डहरुले दोस्रो बजारमा शेयरमा गरेको लगानीको भ्यालु घटेको छ भने बैंक ब्यालेन्स बढेको छ। असारमा फण्डहरुले दोस्रो बजारमा लगानी घटाएर बैंक ब्यालेन्स बढाएका छन्।

असारसम्मको नाफाले इकाइधनीहरुलाई लाभांश वितरण गर्नुपर्ने भएकोले पनि धेरै म्युचुअल फण्डहरुले नाफा बुक गरेका हुन्।

सामान्यतया म्युचुअल फण्डहरुले शेयर बेचेर प्रोफिट बुक गर्दा बैंक ब्यालेन्स बढ्ने गर्छ। म्युचुअल फण्डहरुले प्रकाशित गरेको असार महिनाको तथ्याङ्कले पनि यहि देखाउँछ। अधिकांश म्युचुअल फण्डको शेयरमा गरेको लगानीको भ्यालु घटेको छ भने बैंक ब्यालेन्स भने घटेको छ।

  • ३ प्रतिशतभन्दा धेरैले घट्यो न्याभ

गत जेठ महिनाको तुलनामा असरमा म्युचुअल फण्डहरुको खुद सम्पति मूल्य (न्याभ) पनि घटेको छ।
असार महिनामा म्युचुअल फण्डहरुको न्याभ ३ प्रतिशतभन्दा धेरैले घटेको तथ्याँकले देखाउँछ। एक महिनामा २३ म्युचुअल फण्डको न्याभ औषतमा ३.२९ प्रतिशतले घटेको हो।

गत असार महिनामा २३ वटामध्ये ५ वटा म्युचुअल फण्डको मात्रै न्याभ सामान्य बढेको देखिएको छ। बाँकी सबै म्युचुअल फण्डको न्याभमा गिरावट आएको देखिन्छ।

असार महिनामा बजारमा केही करेक्सन देखिएको कारण फण्डहरुको न्याभ केही घटेको हुन सक्ने मर्चेण्ट बैंकर एशोसियसनका अध्यक्ष मेखबहादुर थापा बताउँछन्।

  • सूचीकृत कम्पनीहरुको शेयरमा गरेको लगानीको भ्यालु घट्यो

असार महिनामा म्युचुअल फण्डहरुले सूचीकृत कम्पनीहरुको शेयरमा गरेको लगानीको भ्यालु घटेको छ। एक महिनामा म्युचुअल फण्डहरुले सूचीकृत कम्पनीहरुको शेयरमा गरेको लगानीको भ्यालु ३.२९ प्रतिशतले घटेको छ।

म्युचुअल फण्डहरुले प्रकाशित गरेको विवरणमा अधिकाँशको यस्तो भ्यालु घटेको छ। असारमा शेयर बजार समेत सामान्य घटेको र कम्पनीहरुले इकाइधनीहरुलाई लाभांश वितरण गर्न शेयर बिक्री गर्दा उनीहरूको शेयरमा गरेको लगानीको भ्यालु घटेको हो।

यता प्राथामिक बजारमा गरेको लगानी भने बढेको छ। असार महिनामा यस्तो लगानी ४५ प्रतिशतभन्दा धेरैले बढेको हो।

  • बैंक ब्यालेन्स र मुद्दति निक्षेप दुबै बढ्यो

असार महिनामा म्युचुअल फण्डहरुको बैंक ब्यालेन्स र मुद्दति निक्षेप निकै बढेको छ। गत एक महिनामा उनीहरूको मुद्दति निक्षेपको हिस्सा ३२ प्रतिशतले बढेको छ।

जेठ अन्तिमसम्ममा २ अर्ब ३३ करोड रुपैयाँ मुद्दति निक्षेपमा राखेका म्युचुअल फण्डहरुले असार अन्तिम सम्ममा ३ अर्ब ८ करोड रुपैयाँ मुद्दति निक्षेपमा राखेका छन्।

यस्तै असारमा म्युचुअल फण्डहरुको बैंक ब्यालेन्स समेत झण्डै २० प्रतिशतले बढेको छ। जेठ अन्तिमसम्ममा ८ अर्ब ८३ करोड रुपैयाँ रहेको म्युचुअल फण्डहरुको बैंक ब्यालेन्स असार अन्तिमसम्ममा १० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

म्युचुअल फण्डहरुले लाभांश वितरणको लागि प्रोफिट रियलाइज गर्दा उनीहरुको बैंक ब्यालेन्स बढेको एनआइसि एशिया क्यापिटलका मर्चेण्ट हेड दामोदर रायमाझी बताउँछन्। "असारसम्मको नाफाबाट फण्डहरुले इकाइधनीहरुलाई लाभांश वितरण गर्नुपर्ने हुन्छ।" रायमाझीले भने "इकाइधनीलाई लाभांश वितरण गर्न फण्डहरुले प्रोफिट रियलाइज गर्दा उनीहरुको न्याभ केही घटेको र बैंक ब्यालेन्स बढेको छ।"

म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न शुरु गरिसकेका छन। हालसम्म ५ वटाभन्दा धेरै म्युचुअल फण्डहरुले लाभांश घोषणा गरिसकेका छन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।