पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

Jul 30, 2021 05:31 PM merolagani

पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ भने ९ हजार ८३४ जनाको मृत्यु भएको छ । त्यस्तै ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।