विद्युत बिक्री आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्दा अरुण काबेलीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2021 05:38 AM Merolagani

अरुण काबेली पावर लिमिटेड (AKPL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६८.३८ प्रतिशत बढेको हो।

विद्युत बिक्री आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७३.५५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जम्मा आम्दानी ६९.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६५.०५ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षमा ५.७१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा २१६.०७ प्रतिशत बढेको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८ पैसा बढेर १८ रुपैयाँ २८ पैसा पुगेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.९४ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।