ग्लोबल आइएमई लघुवित्तको नाफा करिब ४ गुणा बढी, जगेडा कोष पनि उल्लेख्य बढ्यो

Aug 02, 2021 05:17 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.०९ प्रतिशत बढी हो।

सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र खराब कर्जा उठाउन सफल भएको कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४१.१४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले ४ करोड २५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.४७ प्रतिशत बढेको छ भने जगेडा कोष ३९०.४३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३३.६४ प्रतिशत, निक्षेप ६२.३४ प्रतिशत र कर्जा ७७.४८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३४ रुपैयाँ ७७ पैसा बढेर ५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। खुद नाफामा उल्लेख्य सुधार भएपछि लघुवित्तको यस्तो आम्दानी पनि सोही अनुसार बढ्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५३.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।