उल्लेख्य खराब कर्जा उठाएपछि नयाँ सारथी लघुवित्त नाफामा

Aug 02, 2021 06:44 AM Merolagani

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (SNLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार उल्लेख्य खराब कर्जा उठाउन सफल भएपछि लघुवित्त नाफामा पुगेको देखिन्छ।

असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.०३ प्रतिशत बढी हो।

लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएपनि उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्त नाफामा पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१०.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३८ करोड ९६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५७ करोड ९० लाख रुपैयाँ छुट्याएको छ भने ५६ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८९.४४ प्रतिशत बढेको छ भने जगेडा कोष २६४.७८ प्रतिशत बढेको छ। लघुवित्तको सापटी १६०.९६ प्रतिशत, निक्षेप १२७.३० प्रतिशत र कर्जा १६३.३३ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ८ पैसा बढेर ४१ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ६७ पैसा रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८ प्रतिशत पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।