व्यवसायसँगै बढ्यो समिट लघुवित्तको नाफा

Aug 02, 2021 07:01 AM Merolagani

समिट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१.६३ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.७० प्रतिशत बढेको छ अन्य सञ्चालन आम्दानी ३२३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २०४.४५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५५ प्रतिशत बढेको छ भने जगेडा कोष १२५.९३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३१७.०७ प्रतिशत, निक्षेप २७.७६ प्रतिशत र कर्जा १४७.२८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १४ रुपैयाँ ७६ पैसा बढेर ३० रुपैयाँ ३८ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।