अनलाइनमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट वञ्चित, लगानीकर्ता हो-हल्ला गर्दै

Aug 02, 2021 12:02 PM Merolagani

अनलाइन कारोबारमा समस्या आएपछि केही ब्रोकर कम्पनीका लगानीकर्ता शेयर कारोबार गर्नबाट वञ्चित भएका छन्। शेयर कारोबार गर्नबाट वञ्चित भएसँगै लगानीकर्ता आक्रोशित देखिएका छन्।

सोमबार कारोबार शुरु भए देखि नै लगानीकर्ताले शेयर खरिदबिक्री आदेश दाखिला गर्न पाएका छैनन्। उनीहरूले पटक पटक ब्रोकर कम्पनीलाई अनुरोध गर्दा समेत आदेश दाखिला नभएपछि उनीहरू कारोबार गर्नबाट वञ्चित भएका हुन्। “सोमबार कारोबारको शुरु देखि नै आदेश दाखिला गर्न मिलेको छैन। जति पटकभन्दा पनि समस्या नै नसुनेको जस्तो गरिहेरेका छन्,” लगानीकर्ता निर्मल बस्नेतले मेरोलगानीसँग भने।

बस्नेत ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीबाट कारोबार गर्ने गर्छन्। बस्नेतको मात्रै कारोबार रोकिएको होइन ३८ बाट कारोबार गर्ने कुनै पनि लगानीकर्ताले आदेश दाखिला गर्न नपाएको दीपशिखा धितोपत्र कारोबार कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त जानकारी नेप्सेलाई दिई सकिएको छ। तर समस्या समाधान भने भएको छैन। जसको कारण लगानीकर्ताले ब्रोकर कम्पनीमा हो-हल्ला समेत गर्न थालेका छन्। लगानीकर्तालाई सम्झाउन समेत हम्मे-हम्मे परिरहेको कम्पनीको भनाइ छ।

लगानीकर्ताले भने समयमा कारोबार गर्न नपाएको भन्दै त्यसको क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका छन्। “हामीले समयमा कारोबार गर्न नपाउँदा त्यसको क्षतिपूर्ति हामीलाई दिनुपर्छ। यसरी सधैँ सिस्टम चलेन भनेर हुँदैन,” लगानीकर्ता विकास थपलियाले भने। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।