सोमबार सुनको भाउ घट्यो, चाँदीको भने स्थिर

Aug 02, 2021 12:13 PM Merolagani

सोमबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ। यस दिन सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको छ।

 

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, सोमबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।