यस दिन खरिदकर्ताहरु धेरै मूल्य तिर्न तयार देखिएनन् भने बिक्रीकर्ताहरु सस्तो मूल्यमा शेयर छोड्न तयार भएनन्। जसका कारण यस दिन नेप्सेमा सामान्य उताचढाव भएको जानकारहरु बताउछन्।
सोमबार नेप्से परिसूचक ४.०६ अंक बढेर ३०८५.०७ विन्दुमा पुगेको छ। त्यसैगरी यस दिन सेन्सेटिभ इण्डेक्स ०.३ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ। यस दिन २२६ कम्पनीको १ लाख ५ हजार पटकको कारोबारमा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा ग्रामीण विकास लघुवित्त र घलेम्दी हाइड्रोपावर रहेका छन्। यी दुबै कम्पनीको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको हो। यस दिन युनिभर्सल पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र फस्ट माइक्रोफाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका माउन्टेन इनर्जी र नेपाल हाइड्रोको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक यस दिन ओरालो लागेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ । त्यसैगरी, लगानी उपसमूहको परिसूचक १.७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङ्गको ०.०९ प्रतिशत बढेको छ। कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण कावेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, युनिभर्सल पावर, फस्ट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको कारोबार रकम ३० करोड नाघेको छ।