कुमारी इक्विटी फण्डको बुकक्लोज

Aug 03, 2021 08:47 AM Merolagani

कुमारी इक्विटी फण्ड (KEF) ले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ।

फण्डले साउन २५ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार सोभन्दा अघिल्लो दिन अर्थात साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकद्वारा प्रवर्द्धित कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित यस फण्डले आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।