नेपाल स्टक एक्सचेन्जले पुरानो वेबसाइट बन्द गर्दै, नयाँ वेभ साइट नै आधिकारिक गर्ने प्रक्रिया शुरु

Aug 03, 2021 03:41 PM merolagani

नेपाल स्टक एक्सचेन्जले पुरानो आधिकारिक वेबसाइट बन्द गर्दै नयाँ साइटलाइ आधिकारिक बनाउने प्रकृया सुरु गरेको छ। यति बेला नेप्सेले पुरानो वेबसाइटमा भएको डाटा धमाधम नयाँमा सारिरहेको छ। 

पुरानो वेबसाइटको डाटा नयाँमा सार्न थालिएकै कारण पुरानो वेबसाइट यति बेला लगानीकर्ताले हेर्न पाएका छैनन्। प्राविधिक काम भइरहेकोले लगानीकर्ताले पुरानो वेबसाइट हेर्न नपाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

हाल नेप्सेको दुईवटा वेबसाइट सर्वसाधारणको लागि उपलब्ध छन्। जसमा नेपाल स्टक डट कम र नेपाल स्टक डट कम डट एनपी छन्। आउने दिनमा नेप्सेले पुरानो वेबसाइट नेपाल स्टक डट कम बन्द गर्दै छ भने नेपाल स्टक डक कम डट एनपीलाई स्तरोन्नति गर्दै लगेको जनाएको छ। 

तत्कालको लागि दुवै वेबसाइट सञ्चालन गर्ने भएपनि सर्वसाधारणले भने नेपाल स्टक डट कम डट एनपीमै लग इन गर्नु पर्ने छ। लगानीकर्तालाई केही समय पुरानो वेबसाइट हेर्ने सुविधा पनि नेप्सेले उपलब्ध गराउने छ। तर त्यसको लागि भने नेप्सेको नयाँ वेबसाइटमै गएर ओल्ड साइट भन्ने फिचरमा किल्क गरेपछि मात्रै पुरानो वेबसाइटमा जान सक्ने नेप्सेको भनाई छ।    

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।