मैलुङ खोलाको आइपीओमा २१ लाख १८ हजारले दिए आवेदन

Aug 03, 2021 04:52 PM Merolagani

मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिनसम्ममा २१ लाख भन्दा धेरैले आवेदन दिएका छन्।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंगलबारसम्ममा कम्पनीको आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

कम्पनीले सर्वसाधारणमा जम्मा ६ लाख ६८ हजार ७४६ कित्ता शेयर बिक्रीमा ल्याएकोमा हालसम्म परेको आवेदनलाई आधार मन्दा २० लाख जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ। तर अझै बैंक मार्फत आवेदन दिने कतिपय आवेदकको आवेदन गणना हुन बाँकी छ भने यसमा केहि आवेदन रद्द समेत हुनेछन्।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट गर्ने छ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।