बुधबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

Aug 04, 2021 11:32 AM Merolagani

बुधबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको छ।

अघिल्ले दिन छापावाला सुन प्रतितोला ९२ हजार ३०० र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको भाउ भने बढेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।