फ्रिक्वेन्सीलाई मान्छेले खुल्ला आँखाले देख्न सक्दैन तर पनि दैनिक जीवनमा यसकाे प्रयोग भइरहेको हुन्छ।मानव जीवनको एउटा हिस्सा नै बनिसकेको फ्रिक्वेन्सीको बारेमा सबैलाई थाहा नहुन पनि सक्छ ।
फ्रिक्वेन्सी जसले नयाँ प्रविधिलाई कनेक्ट गराउँछ । कतिपयले फ्रिक्वेन्सी सुनेको र यसबारे जानकारी नभएको पनि हुन सक्छ । आखिर के हो फ्रिक्वेन्सी ?
के हो फ्रिक्वेन्सी ? कसरी काम गर्छ ?
जब हामी मोबाइल फोन बोकेर हिँडिरहेका हुन्छाै,फ्रिक्वेन्सी पनि सँगै कुदिरहेको हुन्छ अर्थात स्पेक्ट्रम दूरसञ्चारसँग कनेक्टेड छ।फ्रिक्वेन्सीलाइ आँखाले देख्न नसकिने तर दैनिक जीवनमा नभइन हुने विद्युतीय चुम्बकीय तरङ्गको रुपमा पनि लिइन्छ ।
फ्रिक्वेन्सी जसले समग्र पृथ्वीलाई नै घेरेर विकीरण उर्जाको रुपमा बसिरहेको हुन्छ । इलेक्ट्रो म्याग्नेटिङ रेडियसन जसको स्रोत नै सूर्यलाई लिने गरिन्छ । हामी स्पेक्ट्रम मार्फत जोडिएर रेडियो, टेलिफोन,टेलिभिजन मोबाइलमा कुराकानी गर्ने गछौं ।
फिक्वेन्सी जसले सेन्डर र रिसिभरलाई कनेक्ट गराइदिन्छ । ट्रान्समिटरबाट विभिन्न रेन्जका फ्रिक्वेन्सी उत्पन्न हुने र त्यसलाई विभिन्न क्याटोगोरीमा छुट्याएर उपभोग गरिएको हुन्छ ।
फ्रिक्वेन्सी एक चुम्बकीय शक्ति हो जसले भ्वाइस,डेटा,इमेज लगाएत सबै क्षेत्रमा ट्रान्समिसन गर्ने काम गर्छ ।
बिशेषगरी मोबाइल टेलिकम अप्रेटरले दुई वा सो भन्दा बढी फोनलाई सम्पर्कमा ल्याउन महत्वपूर्ण भुमिका खेल्छ । फ्रिक्वेन्सीलाई रेन्जकै आधारमा विभिन्न व्यान्डमा अन्तराष्ट्रिय दूरसञ्चार युनियनले (ITU) वर्गीकरण गरेको हुन्छ ।
आईटीयूले विश्वलाई तीन वटा क्षेत्रमा विभाजन गरेको छ । जसअनुसार नेपाल रिजन थ्रीमा राखिएको छ । रिजन थ्रीमा विभिन्न फ्रिक्वेन्सीलाई कुन प्रयोजनमा कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा आईटीयूकै मापदण्डमा तोकिएको छ ।
सोही अनुसार नै स्पेकट्रमका बाँडफाड हुने गछै । प्रत्यक देशमा सञ्चार मन्त्रालयमा फ्रिक्वेन्स नीति निर्धारण समिति गठन गरिएको हुन्छ ।
उक्त समितिको अध्यक्ष सोहि मन्त्रालयको मन्त्री रहने व्यवस्था भएको कारणपनि कुनैपनि दुरुसञ्चार कम्पनी वा सेवाप्रदायकले फ्रिक्वेन्सी माग गर्दा वा लिदा सो समितिले निर्णय गर्नुपर्छ ।
जस्तो कि गत केहि महिना अघि नेपालमा फाइबजी विस्तारका लागी सोहि समितिले निर्धारण गरे अनुसार दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी छानोट गरेको थियो ।
रेडियो वेब स्पेक्ट्रमको तरंग निकै लामो र शक्तिशालि हुँने गर्दछ । टेलिकम क्षेत्रमापनि बर्षेनी नयाँ नयाँ प्रविधि आइरहेका हुन्छन ।
वानजी,टुजी हुँदै अहिले फाइभजीसम्म आइपुग्दा यही फ्रिक्वेन्सीसँगै विश्वको दूरसञ्चार सेवा जोडिएको हुन्छ । नेपालमा पनि सबैभन्दा पहिला सिडिएमए प्रविधि आएको थियो तर, अहिले यो पुरानो प्रविधि विस्थापनको चरणमा छ । अहिले नेपालमा मात्रै नभइ विश्वभर जीएसएम प्रविधि नै बढी प्रयोगमा छ ।
डेटा, भ्वाइस तथा एसएमएस ट्रान्सफर, नेटवर्क गुणस्तर र नयाँ प्रविधि फ्रिक्वेन्सीसँगै जोडिएका हुन्छन । हामीले फ्रिक्वेन्सीलाई नदेखे पनि दिनानु दिन मानव जीवन यसैमा निर्भर हुँदै गएका छौं ।
उदाहरणको लागि कुनै एक व्यक्तिले अर्को व्यक्तिसँग कुराकानी गर्दा ती दुई व्यक्ति वीचमा फ्रिक्वेन्सी अर्थात स्पेक्ट्रमले नै काम गरिरहेको हुन्छ जसले एक नेटवर्कबाट अर्को नेटवर्कमा सहजै जोडिन सक्छौं ।
नेपालमा अहिले फोरजी विस्तारको काम अन्तिम चरणमा छ भने फाइबजी परीक्षणको चरणमा छ ।
नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकार भित्र रहने यो फ्रिक्वेन्सी दूरसञ्चार सेवाप्रदायकलाई दिँदा प्रति मेगाहर्ज पाँच करोड ५० लाख रुपैयाँ शुल्क तोकिएको छ ।
सो शुल्क गत बर्ष गरिएको १८०० व्यान्डमा गरिएको फ्रिक्वेन्सी अक्सन मार्फत तोकिएको थियो । अब अन्य ठूला व्यान्डका खुल्ला नगरिएका व्यान्डका फ्रिक्वेन्सी अक्सन मार्फत नयाँ शुल्क निर्धारण हुने छ ।
अहिले नेपालमा ७०० देखि ३२ सय,३३ सय लो देखि हाइ रेन्जका फ्रिक्वेन्सी व्यान्ड उपलब्ध छन भने उच्च गिगाहर्जसम्मका फ्रिक्वेन्सी पनि उपलब्ध छ ।
हाल सुरुमा भ्वाइस तथा डेटा सेवा उपलब्ध गराउने गरी नेपाल स्याटेलाइट टेलिकम,स्मार्ट टेलिकम, युटिएल लगाएतका सेवा प्रदायकले दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क बुझाउन सकिरहेका छैन ।