आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्दा गुराँस लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Aug 05, 2021 04:22 AM Merolagani

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१४.७७ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६९.६२ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६४.९० प्रतिशत र सञ्चालन मुनाफा ४९९.३८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ११७.०९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ३०.०३ प्रतिशत, निक्षेप ४५.७६ प्रतिशत र कर्जा लगानी ३९.४२ प्रतिशत बढेको छ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ १५ पैसा बढेर २६ रुपैयाँ ४६ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.८३ गुणा रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।