शेयर बजार प्रवेश गर्दै हुनुहुन्छ? यति लाग्छ लागत

Aug 05, 2021 01:06 PM Merolagani

पछिल्लो समय शेयर बजारमा लगानी गर्न हरेकले चासो देखाएको देख्न पाइन्छ। बढ्दाे बजारमा लगानी गर्नेहरुको हात खाली नहुने हुँदा पनि बढ्दो बजारमा लगानीकर्ता भित्रनेहरुको चाप बढेको हुन्छ। केहि लगानीकर्ताको बजारमा भित्रिनको लागि धेरै रकमको आवश्यकता पर्ने धारण बनाएका हुन्छन्।

शेयर बजारमा प्रवेश गर्नको लागि कति रकमको आवश्यक हुन्छ त भन्ने बारेमा बजार भित्रन चाहने लगानीकर्तामा जिज्ञासा बढेको देखिन्छ। शेयर बजारमा लगानी गर्न धेरै  पैसा आवश्यक पर्ने भ्रम परेको कारण केही व्यक्तिहरु बजारमा लगानी गर्नबाट बञ्चित हुनपरेको तितो यर्थाथ पनि हामीसामु छ।

शेयर बजारको प्राथमिक र दास्रो बजारमा प्रवेश गर्नको लागि हितग्राही (डिम्याट) खाता र मेरो शेयर अनिवार्य छ। लगानीकर्ताले सर्वप्रथम डिम्याट खाता र मेरो शेयर सुचारू गर्नको लागि २०० रुपैयाँ लाग्छ। त्यसपछि कुनै कम्पनीले प्रथामिक शेयर आईपीओ खुल्ला गरेको छ भने लगानीकर्ताहरुले उक्त आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम एक हजार रुपैयाँमा १० कित्ता शेयरको लागि आवेदन दिन सकिन्छ।

जसको लागि कुनै बैंक तथा वित्तीय संस्थाहरुले आईपीओमा आवेदन गरे बापट सिआश्वा चार्ज १० रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ। यद्यपि कुनै बैंकहरुले भने सि-आस्वा शूल्क लिने गरेका छैनन्। प्राथमिक बजारमा न्यूनतम १० कित्ता शेयरको लागि एक हजार रुपैयाँ आवश्यक पर्छ।

त्यसैगरी, उक्त आवेदन गरेको आईपीओ पर्यो भने लगानीकर्ताले दाेस्रो बजार मार्फत कारोबार गर्नुपर्ने हुन्छ। दोस्रो बजारमा शेयर बिक्री गर्नको लागि नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खोली दास्रो बजारमा उक्त शेयर बिक्री गर्न सकिन्छ। यदि उक्त शेयर बिक्री गर्ने क्रममा हामीले कति लागत खर्चिनु पर्छ भन्ने बारेमा प्रष्ट रुपमा प्रस्तुत गर्नेछौं।

उदाहरणको लागि हालसालै आईपीओ निष्काशन गरी साउन १४ गतेदेखि दाेस्रो बजारमा काराेबार शुरू गरेको जीवन विकास लघुवितलाई लिन सकिन्छ। उक्त लघुवित्तको दास्रो बजारमा शेयर खरिदको लागि नेप्सेमा लगानीकर्ताको चाप बढ्दो मात्रामा रहेको देख्न सकिन्छ। तर, कोही शेयरधनी शेयर बिक्री गर्न इच्छा देखाएका छैनन्।

बुधबार नेप्सेमा कारोबार भएको आधारमा जीवन विकास लघुवितको शेयर एक हजार ३६९ रुपैयाँ ३० पैसाको हाराहारीमा कारोबार भईरहेको छ। यदि कुनै लगानीकर्ताले उक्त कम्पनीको प्राथमिक शेयर आईपीओ १० कित्ता बिक्री गर्दैछ भने जम्मा १३ हजार ६९३ रुपैयाँ बराबरको शेयर कारोबार भएको हुन्छ।

 

जसबाट लगानीकर्ताले ब्रोकर कमिसन ५४ रुपैयाँ ७७ पैसा (०.४० प्रतिशत, ५० हजार रूपैयाँभन्दा कमकाे काराेबारका लागि) तिर्नुपर्ने हुन्छ। नेपाल धितोपत्र कमिसन २ रुपैयाँ ९ पैसा र डिपि शुल्क २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। त्यसैगरी, लगानीकर्ताले लघुवित्तमा लगानीबाट प्राप्त नाफाको ७.५० प्रतिशतका दरले पूँजीगत लाभ तिर्नुपर्ने हुन्छ। माथि उल्लेखित मूल्यको आधारमा लघुवित्तकाे लगानीकर्ताले झण्डै ९४६ रुपैयाँ लाभ कर तिर्नुपर्ने हुन्छ।

यसरी हर्ने हो भने बुधबारको मूल्यमा जीवन विकास लघुवित्तको १० कित्ता शेयर भएका लगानीकर्ताले बिक्री गरेको भए लगानीकर्ताको हातमा लगानी गरिएको एक हजार रुपैयाँ सहित १२ हजार ६६४ रुपैयाँ प्राप्त हुनेछ।

शेयर बजार उच्च दरमा बढेसँगै लगानीकर्ताहरु बजार भित्रनको लागि लालहित भएको देखिन्छ। तर, केही व्यक्तिहरु आफूसँगै धरै रकम नभएको भन्दै बजार भित्रिनको लागि हिचकिचाएको देख्न सकिन्छ। यस्ता लगानीकर्ताले बजारमा न्यूनतम रकम लगानी गरेर पनि बजार प्रवेश गर्न सकिने भन्ने बारेमा जानकार नहुँदा बञ्चित हुनु परेको छ। बजार थोरै रकम हुनेहरुले पनि लगानी गरी लाभ लिन सकिन्छ भन्ने बारेमा सुसूचित बनाउनको लागि सरोकारवालहरुले सोच्नुपर्ने समय भएको छ। र सबै प्रकारका लगानीकर्तालाई बजार आकर्षित बनाउन सकिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।