बजारबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, कति छ बैंकहरुसँग तरलता?

Aug 05, 2021 12:26 PM Merolagani

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बैंकिङ्ग प्रणलीमा तरलता सन्तुलन राख्न केन्द्रिय बैंकले उक्त तरलता खिच्न लागेको हो।

केन्द्रिय बैंकले बजारको अधिक तरलता घटाउन निक्षेप संकलन उपकरण जारी गर्दै ४० अर्ब तरलता खिच्ने जनाएको छ। केन्द्रिय बैंकले बिक्री गर्ने निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ। उक्त उपकरण खरिदको लागि वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुले साउन २१ गते २ बजेसम्म आवेदन दिन सक्नेछन्।

यसअघि गत साउन १३ गते केन्द्रिय बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको थियो। उक्त उपकरण परिपक्क भइसकेको छ।

ब्याजदर भने बोलकबोलबाट तय हुने केन्द्रिय बैंकले जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बोलकबोल बहु ब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”,“ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

केन्द्रिय बैंकले बजारमा तरलता सन्तुलन राख्न विभिन्न उपकरण मार्फत तरलता खिच्ने र बजारमा पठाउने गर्छ।
अहिले बैंकिङ प्रणलीमा सिआरआर बाहेक नै ५० अर्ब रुपैयाँभन्दा धेरै अधिक तरलता रहेको केन्द्रिय बैंकले जनाएको छ।

बैंकहरुमा उच्च तरलता रहेको कारण बैंकहरुको सिसिडि अनुपात ७६.९२ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर समेत ०.५८ प्रतिशतमा झरेको छ। गत असारमशान्तको खर्चको कारण अहिले बैंकिङ प्रणलीमा तरलता बढेको हो। साउन अघि बैंकहरुको अन्तर बैंक ब्याजदर ५ प्रतिशतसम्म पुगेको थियो।

निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम सम्म क्रमशः बाँडफाँट गरिनेछ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो राटा बेसिसमा बाँडफाँट गरिनेछ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ । सफल बोलवालाहरुको स्वीकृत रकम निष्कासन मितिका दिन यस बैंकमा रहेको खाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । तसर्थ, बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात कायम गर्नु पर्नेछ ।

बोलकवोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाईनेछ । निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाईने छैन । तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्वीडिटि रेशियोमा गणना गर्न पाइनेछ । संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रि मेचुअर भुक्तानी हुने छैन ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।