गाेकुल बाँस्काेटाकाे पालामा विवादित बनेकाे आईटी ल्याब दुई बर्षभित्र सक्ने गरी मोडालिटि तयार हुँदै

Aug 05, 2021 04:24 PM merolagani


युबराज बस्नेत

सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक स्थानीय तहमा आईटी ल्याब स्थापन गर्न प्रक्रिया अघि बढाएको छ । दूरसञ्चार विकास कोषको रकम परिचालन गरी आगामी दुई बर्ष भित्र सक्ने योजना सहित आईटी ल्याब स्थापनाको काम शुरु गर्ने भएको हो ।

 

यसअघि तत्कालिन सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशभरका झन्डै १ हजार वटा बिद्यालय छनोट गरी प्राधिकरण मार्फत आइटी ल्याबको काम अघि बढाएका थिए । तर, उक्त प्रक्रिया विवादित बनेपछि नयाँ मोडालिटी सहित देशभरका स्थानीय तहलाई समेटेर आईटी ल्याब स्थापना हुने भएको हो ।

हजार विद्यालयमा आईटि ल्याब स्थापना गर्दा डेढ अर्बको प्राेजक्टलाई साढे तीन अर्ब पुर्याइएको र अधिकांश आईटी ल्याब बाँस्कोटाको क्षेत्रमा मात्रै पारेका थिए ।

गत माघ अन्तिम साता बसेको मन्त्रीपरिषद्को बैठकले सामुदायिक विद्यालयसँगै स्थानीय तहका केन्द्र,वडा कार्यालय र स्वास्थ्य केन्द्रजस्ता स्थानमा सम्बन्धित स्थानीय तहको समन्वयमा सूचना प्रविधि पूर्वाधार निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार प्राधिकरणले स्थानीय तहमा नि:शुल्क इन्टरनेटपछि आईटी ल्याब स्थापनाको काम अघि बढाएको हो ।

प्राधिकरणकै बजेट मार्फत अहिले स्थानीय तहहरुमा ब्रोडव्यान्ड इन्टरनेट विस्तारको काम चलिरहेको छ । सोही १८ ओटा प्याकेजमा विस्तार भइरहेको इन्टरनेट सेवामा आवद्ध गराउने गरी आइटी ल्याब स्थापन गर्न लागिएको दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले जानकारी दिए ।

विस्तार भइरहेको इन्टरनेटको गुणस्तर र क्षमतालाई वृद्धिगरी आइटी ल्याबलाई जोडिने तयारी रहेको उनको भनाई छ । ‘हामीले आईटी ल्याबको लागी तत्काल छलफल प्रक्रिया अघि बढाएका छाैं  । कुन मोडलमा विस्तार गर्ने र अगामी प्रक्रियाको बारेमा निर्देशिका तयार भइरहेको छ’ अर्यालले भने ।

सामुदायिक विद्यालय, स्थानीय तह र स्वास्थ्य केन्द्रमा सूचना प्रविधि केन्द्रको पूर्वाधार विस्तार गर्दा अनलाइनमार्फत पठनपाठन,सार्वजनिक सेवा र स्वास्थ्य सेवा प्रभावकारी हुने प्राधिकरणले जनाएको छ ।

खासगरी आईटी ल्याब अन्तर्गत स्थानियत तहमा कम्प्युटर, ल्यापटप आवश्यक सबै सामाग्रीको स्थानीय तहलाई उपलब्ध हुने छ । अहिले ग्रामिण क्षेत्रका बिद्यार्थीलाई कम्प्युटर शिक्षा आवश्यकता रहेको र सूचना प्रविधिको पहूँच विस्तारका लागी पनि आईटिल्याब महत्वपूर्ण परियोजनाको रुपमा आउने दाबी सरकारको छ ।

प्राधिकरणकै दुरसञ्चार बिकास कोषको ५ अर्ब रकम परिचालन मार्फत भुकम्प प्रभावित जिल्ला लगायत १८ ओटा प्याकेजमा ब्रोडव्यान्ड इन्टरनेट विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

अर्को तर्फ झन्डै १० अर्ब बजेटमा सूचना महामार्ग परियोजना विस्तार भइरहेका छ ।
आईटी ल्याबको लागि आवश्यक ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ६६३ स्थानीय तहमा पुगिसकेको छ । बाँकी स्थानीय तहमा पनि चालु आब भित्र सक्ने प्राधिकरणको योजना छ ।

देशभरका स्थानीय तहमा आईटी ल्याब स्थापनाको लागि लागत, मोडालिटी,आवश्यक सामाग्री र सञ्चालन विधि पनि केही दिन भित्रै टुङ्ग्याउने तयारी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।