बीमा कम्पनीहरुलाई हकप्रद बिक्री गर्न कडाई, तत्काल हकप्रद जारी गर्न नपाइने

Aug 05, 2021 02:16 PM Merolagani

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्ष भित्र हकप्रद प्रस्ताव नगर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी वृद्धिको आन्तरिक तयारी गरिरहँदा समितिले भने यस्तो निर्देशन दिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालु आर्थिक वर्षभित्र कुनै पनि बीमा कम्पनीलाई हकप्रद निष्काशन नगर्न निर्देशन दिएको मेरोलगानीलाई जानकारी गराए । ‘कुनै लिखित निर्देशन त दिएको छैन्, तर हामीले मौखिक रुपमा सबै बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्ष भित्र हकप्रद निष्काशन गर्ने प्रस्ताव नगर्न आग्रह गरेका छौं’ कार्यकारी निर्देशनक पौडेलले भने ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद निष्काशन गरेर पूँजी वृद्धि गराउने कुनै योजना नभएकोले हकप्रद निष्काशन तत्कालको लागि रोक लगाएको उनको भनाई छ ।

त्यस अनुसार चालु आर्थिक वर्ष भित्र कुनै पनि बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने छैनन् ।

शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भने आउने

यद्यपी यस अघिनै हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढेका कम्पनीहरुको भने हकप्रद आउनेछन् । प्रकृया अघि बढि सकेका शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले भने हकप्रद निष्काशन गर्न पाउने बीमा समितिले जनाएको छ ।

शिखर इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ५२ लख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ ।

यस्तै आईएमई जनरल इन्स्योरेन्सले पनि चुक्ता पूँजी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले चुक्ता पूँजी एक अर्ब १५ करोड ५६ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले ४६ करोड ३० लाख ३६ हजार रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३६० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

इन्साइडर ट्रेडिङ्गको आशंका

गत चैत १७ गते अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको थियो । हकप्रद निष्काशनको सूचना आउने अघिनै कम्पनी शेयरमूल्य निरन्तर रुपमा बढेको थियो ।

कम्पनीको शेयरमूल्य अस्वभाविक रुपले बढेपछि लगानीकर्ताहरुले हकप्रदको सूचना चुहिएको आशांका गरेका थिए ।

बीमा समितिले भने जानकारी नै नगरी कम्पनीले हकप्रद निष्काशनको एजेण्डा सार्वजनिक गरेको भन्दै स्थगन गर्न निर्देशन दिएको थियो । त्यसपछि कम्पनीले हकप्रदको एजेण्डा हटाएर पुन साधारण सभा बोलाएको थियो ।

अजोड इन्स्योरेन्सको यो विषयले पनि बीमा कम्पनीहरुलाई तत्काल हकप्रद निष्काशन गर्न रोक लगाएको बुझ्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।