नेशनल माइक्रोफाइनान्सको नाफामा उल्लेख्य सुधार

Aug 13, 2021 06:10 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ।

गत असार मसान्तसम्ममा लघुवित्तले ३२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०७.६१ प्रतिशत बढी हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घट्दा खुद नाफा उल्लेख्य बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३०.३१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३०७.६१ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत ४ करोड ७२ लाख रुपैयाँ व्यवस्था गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५८.७१ प्रतिशत बढेको छ भने जगेडा कोष १६५.६१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १०६.२९ प्रतिशत, निक्षेप ६०.२० प्रतिशत र कर्जा १२२.७१ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४७ रुपैयाँ ४७ पैसा बढेर ७७ रुपैयाँ ७३ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६९ पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।