ग्रामीण विकास ऋणात्मकबाट धनात्मकतर्फ

Aug 15, 2021 02:28 PM Merolagani

ग्रामीण विकास लघुवित्त(GBLBS)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुदै गरेको वित्तीय विवरण सर्वाजनिक गरेको छ।

लघुवित्त ५ करोड ३३ लाख रुपैयाँ ऋणात्मकबाट ३५ करोड ९५ लाख रुपैयाँ धनात्मक भएको हो। लघुवित्तको ब्याज आम्दानीसँगै सञ्चालन मुनाफामा वृद्धि हुँदा नाफामा उच्च बढोत्तरी भएको हो।

यस अवधिसम्ममा तीन अर्ब ७९ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर १२ अर्ब ६६ करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिसम्ममा लघुवित्तले एक अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.२८ प्रतिशतले धेरै हो। त्यसैगरी लघुवित्तको सञ्चालन मुनाफामा समेत २५ करोड २७ लाख रुपैयाँ नोक्सानीबाट ४० करोड १२ लाख रुपैयाँले नाफा तर्फ उन्मुख भएको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपातमा सुधार भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा ५.१९ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको लघुवित्तको यस अवधिमा ३.३५ प्रतिशतमा झरेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ७८ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।