हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने

Aug 19, 2021 09:12 AM Merolagani

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो।

कम्पनीले भदौ २५ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा दिनको २ बजे भर्चुअल जुम मिटिङ्गमार्फत सञ्चालन हुनेछ।

सभाले कम्पनीको जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुने रकम १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।