अपी पावर र सूर्योदय लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

Aug 26, 2021 03:29 PM Merolagani

अपी पावर कम्पनी (API) काे हकप्रद र सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

बिहीबार अपी पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर र सूर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) को ३ लाख ३० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

अपी पावरले २९.३८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेकाे थियाे भने सूर्योदय लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.३५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। उक्त शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हाे।

अपी पावर हकप्रद र सूर्योदय लघुवित्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।