सिटिजन्स म्युचुअल फण्ड १ र २ को बुकक्लोज

Aug 31, 2021 09:26 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) बाट प्रबर्द्धन गरिएको तथा सिबिआइएल क्यापिटलबाट व्यवस्थापन तथा सञ्चालन गरिएको दुई म्युचुअल फण्डले बुकक्लोज मिति तोकेको छ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड १ ले भदौ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यी दुबै फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्न लागेको हो।

सिटिजन्स म्युचुअल फण्ड १ (CMF1) ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनहिरुका लागि ४० प्रतिशत (कर सहित) र सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) ले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी दुबै म्युचुअल फण्डको लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।