यी दुबै फण्डले भदौ २७ गते बुकक्लोज गर्न लागेका हुन्। यी दुबै फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्न लागेका हुन्।
यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। यी दुबै फण्डले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनीहरुलाई ३०–३० प्रतिशत नगद लाभांश वितरण गर्न लागेका हुन्।
यी दुबै फण्ड एनआईसी एशिया बैंकद्वारा प्रबर्द्धित तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छन्।