दुई जलविद्युत कम्पनीको मूल्य समायोजन

Sep 03, 2021 08:02 AM Merolagani

भदौ १८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन अपि पावर र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले अपि पावर कम्पनी (API) को १०.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ।

त्यसैगरी, यस दिन ङादी ग्रुप पावर (NGPL) को २० प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको आधारमा शेयरमूल्य यि दुबै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार अपि पावरको शेयर प्रतिकित्ता ५२९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ङादी ग्रुपको ९६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

अपिले भदौ २५ गते, आफ्नो प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा अठारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा भर्चुअल माध्यम जुम एप मार्फत सञ्चालन गरिनेछ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने, सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, ङादी ग्रुपले असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७र७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने, सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य जलविद्युत कम्पनीलाई प्राप्ती गर्ने, बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।