एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डको मूल्य समायोजन

Sep 03, 2021 08:20 AM Merolagani

भदौ १८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटलले व्यवस्थापन गरेका दुई फण्डको इकाईमूल्य समायोजन भएको छ।

यस दिन एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को इकाईमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले एनएमबि हाइब्रिड फण्ड एल १ को २० प्रतिशत नगद लाभांश समायोजन गरेको हो भने एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन गरेको हो।

समायोजनपश्चात एनएमबि हाइब्रिड फण्ड एल १ को इकाई मूल्य ११ रुपैयाँ ८० पैसा कायम भएको छ भने एनएमबि ५० को १२ रुपैयाँ ५३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इकाईमूल्य समायोजन गरेको हो। बिहीबार एनएमबि हाइब्रिड फण्ड एल १ को इकाई प्रतिकित्ता १३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। त्यस्तै, सो दिन एनएमबि ५० को प्रतिकित्ता १५ रुपैयाँ ५३ पैसामा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।