तीन कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्दै हाथवे इन्भेष्टमेन्ट

Sep 05, 2021 10:17 AM Merolagani

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले तीन कम्पनीको संस्थापक शेयर लिलाम बिक्री प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले सेञ्चुरी कमर्सियल बैंक (CCBL) को २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्स (MFIL) को ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंक (KSBBL) को २ लाख ५० हजार ४६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।

सेञ्चुरीको शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ भने मञ्जुश्री फाइनान्सको ३५० रुपैयाँ र कामना सेवाको २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

सो शेयरमा इच्छुक विद्यमान संस्थापक वा अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। सो शेयर खरिदका लागि लगानीकर्ताले भदौ २० गतेदेखि २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले प्रत्येक कम्पनीको न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्राप्त बोलपत्रहरु भदौ २८ गते बिक्री बिक्री प्रबन्धकको कार्यालयमा दिनको ३ः३० बजे खोलिनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।