तीन कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

Sep 06, 2021 09:01 AM Merolagani

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ५ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयरमा भदौ २१ गतेदेखि ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। नागरिक लगानी कोषको संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २९४ रुपैयाँ तोकिएको छ। त्यसैगरी, आरएमडिसीको ५४१ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५२९ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको शेयरका लागि न्यूनतम १०० कित्ता र आरएमडिसीको शेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटलमा बोलपत्र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।