एक्सेल डेभलपमेन्ट बैंकले तोक्यो हकप्रद निष्काशन लागि बुकक्लोज मिति

Sep 08, 2021 11:18 AM Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले हकप्रद निष्काशनकाे लागि बुकक्लोज मिति तय गरेको छ।

बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चौधौ वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न असोज १ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।

बैंकको गत असार १४ गते सम्पन्न चौधौ साधारणसभाले शेयरधनीहरुलाई १०ः३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सोहि प्रयोजनको लागि सञ्चालक समितिको बैठकले बुकक्लोज मिति तय गरेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।