कोरोना अपडेटः २४ घण्टामा ९११ जना नयाँ संक्रमित फेला,१४२३ जना संक्रमण मुक्त

Sep 12, 2021 05:13 PM Merolagani

पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा कारोनाका कारण १३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ हजार ८७८ नमुनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण पाइएको थियो । यस्तै ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले नियमित अपडेटमा उल्लेख गरेको छ ।

२४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनहरुमा नयाँ संक्रमित भन्दा कोरोना जित्नेको संख्या उच्च देखिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।