अघिल्लो कारोबार दिन अर्थात आइतबार ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.३९ अंक बढेर २९६२.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ५० कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।